भोलि संसदमा आमने–सामने हुँदै दुईथरी नेकपा, यस्तो छ संसदको कार्यसूची

काठमाडौँः सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गते नै संसद् अधिवेशन स्थगित गरिदिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ठूलो कलह हुँदै पार्टी विभाजनको स्थितिसम्म पुग्यो । हिउँदे अधिवेश बोलाउनुको साटो प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो ।

आफैंले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनस्र्थापना गरेर १३ दिन भित्र संसद् बैठक बोलाउन दिएको आदेशको अन्तिम मिति फागुन २४ भन्दा एक दिन अघि सरकारको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक बोलाएकी छिन् ।

निर्वाचन आयोगको अनिर्णयले प्राविधिक रूपमा एउटै दल रहेका दुई थरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृत्व र सांसदहरू भोलि संसदमा आमने सामने हुने भएका छन् ।

भोलिको प्रतिनिधि सभा बैठकका एजेण्डा:

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्