खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयासः मन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताउनुभएको छ ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरिद गरी पु¥याउने प्रयास भइरहेको बताउनुभयो । “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पु¥याउने जटिल छ”, उहाँले भन्नुभयो, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पु¥याउने प्रयासमा छौँ ।”

सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १.४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरिद गरेको १० लाख मात्रा खोप आइसकेको छ भने १० लाख मात्रा खोप भारतबाट आउने प्रक्रियामा छ ।

मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप नेपालमा परीक्षणका लागि धेरै प्रयास भए पनि परीक्षण गर्न नदिएकाे स्पष्ट पार्नुभयो । “खोपको परीक्षण नेपाली जनतामाथि गर्ने धेरै प्रयास भएका थिए”, उहाँले भन्नुभयो, “तर हामीले नेपाली जनतामाथि परीक्षण गर्न दिएनौँ ।” उहाँले अहिले तेस्रो चरणको परीक्षणपश्चात् विश्व स्वास्थ्य सङ्गठनले पनि अनुमोदन गरिसकेकाले ढुक्क भएर कोभिशिल्ड खोप लगाउन सबैमा आग्रह गर्नुभयो । उहाँले खोपबारे गलत प्रचार नगर्नसमेत अनुरोध गर्नुभयो ।

सरकारले भोलिदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालेको छ । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्