अविश्वास प्रस्तावको सामना गर्न सरकार तयार छः प्रमुख सचेतक भट्टराई

File Photo

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा बैठकमा अविश्वासको प्रस्ताव आएमा सरकार त्यसको सामाना गर्न तयार रहेको बताएका छन् ।

शनिबार एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख सचेतक भट्टराईले सो कुरा बताएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा प्रस्तुत गरेको १९ पृष्ठको प्रस्ताव नै पार्टी फुटको प्रस्थान विन्दु भएको उनले बताए ।

नेपालको समृद्धि कायम गर्न र नेपाली स्वाभिमान जोगाउन पनि केपी शर्मा ओली नेतृत्वकै सरकार आवश्यक रहेको बताउदै प्रमुख सचेतक भट्टराईले भने “आफ्नै दलको प्रधानमन्त्री हटाउन अविश्वास प्रस्ताव राख्नु संसदीय व्यवस्थाको उल्लङ्कन हो ।” केही दिनपछि संसदीय दलको बैठक आव्हान हुने र प्रचण्ड–माधव पक्षका सबै सांसदलाई निमन्त्रणा पठाइने उनले बताए ।

“अविश्वासको प्रस्तावमा प्रधानमन्त्रीको उम्मेदवार किटानी गर्नुपर्ने हुन्छ, उहाँहरुले अहिलेसम्म त्यो किटानी गर्नुभएको छैन, कसरी प्रस्तुत हुनुहुन्छ, त्यहीअनुसार हामी फेस गर्छौ” उनले भने, “लोकतन्त्र भनेको अराजकतन्त्र होइन, सीमामा सबै बस्नुपर्छ ।”

आधिकारीक नेकपा ओली नेतृत्वकै नेकपा भएको दावी गर्दै प्रमुख सचेतक भट्टराईले निर्वाचन आयोगको निर्णय त्यहीअनुसार आउने विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्