वालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो : माधव नेपाल

FILE PHOTO

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तैउस्तै भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले पनि वामदेव गौतमले केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताए।

कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहे पनि आफूले बालुवा पेलेर तेल निस्किँदैन तर पनि कोसिस गर्नुस् भनेको बताए।

उनले भने, ‘दुई तिहाइको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनुभयो। किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर। यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? वामदेव गौतम हो । फेरि उहाँ (प्रचण्ड)लाई दोष जान्छ सबैभन्दा बढी होइन, साँचो कुरा म तपाईंहरूलाई बताउँछु । यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन् भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले । ४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दी मान्छे धर्तीमा कोही पनि छैन भनेर । अब अहिले पनि उहाँ फेरि कोसिस गर्दै हुनुहुन्छ केपीलाई सुधार्न । अब उहाँ गर्नुहोस् मैले भनेको छु यो बालुवा पेलेर तेल निस्किँदैन कोसिस गर्नुहोस् ।’

अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे । बरु ओली प्रवृत्तिको विरूद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्