बालुवाटारमा ओली र गौतमबीच एक घण्टा कुराकानी

File Photo

काठमाडौं – नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका गौतमले ओलीसँग छलफल गरेका हुन् ।

गौतम र ओलीकाबीचमा करिब एक घण्टा कुराकानी भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार गौतमले नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताएका थिए । गौतमले बिहीबार प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्