पर्यटन प्रवर्द्धनमा हेलम्बु : नयाँ चुचुराहरुको खोजि, चैत्रमा एउटा टोलीले नयाँ हिमालको आरोहण गर्ने

काठमाडौँ – हेलम्बु गाउँपालिकाले पर्यटन विकासमा जोड दिएको छ । पर्यटकीय हिसाबले हेलम्बु काठमाडौबाट नजिकको गन्तव्यको रूपमा रहेको छ । आर्थिक समृद्धिका लागि पर्यटन व्यवसायको आवश्यकतालाई महसुश गर्दै गाउँपालिकाले नयाँ पर्यटकीय गन्तव्यहरूको खोजि सुरू गरेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

हेलम्बु गाउँपालिकाले पर्यटन प्रर्वधनका लागि हेलम्बु हाई सर्किट ट्रेकिङ रुटको बिकास गर्ने उदेश्य अनुरुप उक्त क्षेत्रमा रहेको ५ हजार देखि ६ हजार मिटर उचाई सम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाएको छ ।

आगामी चैत्रमा सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मो, पर्वातारोही सोनाम लामा लगायतको एउटा टोलीले ५५ सय मिटरभन्दा अग्लो एक चुचुराको आरोहण गर्ने तयारी गरेको छ ।
यस अघि गत मंसिर १८ गते नेरिका एडभेन्चरर्स का आरोही सतिस मान पति को नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रमा रहेको ५ हजार ६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफतापुर्वक आरोहण सम्पन्न गरिसकेको छ।

यसले हेलम्बु लगायत सिन्धुपाल्चोकको पर्यटन बिकासमा ठुलो योगदान पु¥याउने गाउँपालिकाको बिश्वास छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्