दाहाल–नेपालले गरे जसपाका नेताहरुसँग भेट

File Photo

काठमाडौं– नेकपा प्रचण्ड–माधव समूहले बिहीबार बिहान जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग भेट गरेको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग छलफल गरेको हो । छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

छलफलमा सहभागी नेता महतोका अनुसार दाहाल–नेपालले सरकार गठनमा सहकार्यको प्रस्ताव गरेका थिए । महतोका अनुसार जसपाका नेताहरुले दाहाल–नेपाल पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको र उनीहरुकोे प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापनाको फैसला सुनाएसँगै प्रचण्ड–माधव समूहले बुधबार नै कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्