नेकपा (ओली समूह)को स्थायी कमिटीको बैठक आज पनि जारी रहने

काठमाडौं – नेकपा (ओली समूह)को स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।

संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्