चैनपुरको श्रेष्ठ आयलमा आगलागि

सांकेतिक तस्विर

संखुवासभा – चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । चैनपुर–७ मा रहेको सप्लायर्समा आज बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सविन श्रेष्ठसमेत घाइते भएका छन् ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अहिले आगो नियन्त्रणका लागि चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । यसैगरी सप्लायर्ससँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत आगजनीबाट क्षति भएको छ ।

कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्