प्रिमियर लिग : ब्राइटनसँगको खेलमा क्रिस्टल प्यालेस विजयी

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले ब्राइटनलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसका लागि माटेटाले २८ औं र बेन्टेकेले अतिरिक्त समयमा एकरएक गोल गरेका हुन् । यस्तै ब्राइटनका लागि भेल्टम्यानले ५५ औं मिनेटमा एक गोल गरेका हुन् ।

लिगमा क्रिस्टल प्यालेस ३२ अंकसहित १३ औं स्थानमा रहेको छ भने ब्राइटन २६ अंकसहित १६ औं स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ५९ अंक रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्