प्रभु बैंकको २१३औँ शाखा जुम्लामा संचालन

काठमाडौं – प्रभु बैंकले जुम्लाको चन्दननाथ नगरपालिकामा आफ्नो शाखा विस्तार गरेको छ ।

बैंकले सोमबारदेखि चन्दननाथ नगरपालिका वडा नं. ०६ मा आफ्नो २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको हो ।

बैंकको जुम्लामा शाखा कार्यालयको उद्घाटन चन्दननाथ नगरपालिका प्रमुख कान्तीका सेजुवालले गरेका थिए ।

उनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर देशको आर्थिक विकासमा टेवा पुगेको बताए ।

उक्त शाखाले जुम्ला जिल्लाका स्थानीयहरुलाई धेरै सहयोग मिल्ने विश्वास लिएको बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्