प्रधानमन्त्री ओलीद्वारा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास, ९ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण हुने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा रहेको दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ ।
जिल्लाको बेदकोट नगरपालिका वडा नं. ३ मा स्थापना हुन लागेको औद्योगिक क्षेत्रको सोमबार प्रधानमन्त्री ओलीले एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको हो ।
नेपाली सेनाको हेलिकप्टर मार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने बताउनुभयो । ९ अर्ब रुपैयाँको लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुनेछ ।

औद्योगिक क्षेत्रका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल ४ सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीकै पालामा यहाँ औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो। त्यसबेला बजेट विनियोजन गरिए पनि निकुञ्जको क्षेत्र पर्ने भए भन्दै काम सुरू भएको थिएन ।

प्रधानमन्त्रीले शिलान्यास गरेपछि औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताउनुभयो ।
यहाँ औद्योगिक क्षेत्र बनेपछि त्यस क्षेत्रमा १ सय बढी उद्योग स्थापना हुनेछन् ।

आगामी ५ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको ‍छ । अबको १ महिनाभित्र उद्योग स्थापनाका लागि आशयपत्र आह्वान गरिनेछ । ६ महिनाभित्र उद्योगीलाई चाहिने सडक, विद्युत, पानीलगायत न्यूनतम पुर्वाधारहरु उपलब्ध गराइनेछ । त्यसपछि औद्योगिक क्षेत्र र उद्योगीहरुले सँगसँगै पूर्वाधारको काम अगाडि बढाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्