बलात्कार पछि हत्या गरिएकी निर्मलाको न्याय माग्दै प्रदर्शनमा उत्रिएका ६ महिला अधिकारकर्मी पक्राउ

सोमबार कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तको न्याय माग्दै प्रदर्शनमा उत्रिएका ६ जना महिला अधिकारकर्मी पक्राउ परेका छन् ।
निर्मलाको हत्यारा खै र निर्मलालाई न्याय दे लेखिएको टिसर्ट लगाएको अवस्थामा कञ्चनपुरको वेदकोट नगरपालिका दैजीबाट महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुन लागेको दैजी छेला औद्योगिक क्षेत्रको सिलान्यास गर्न प्रधानमन्त्री कञ्चनपुर पुगेका समयमा उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्