प्रदेश नं १ को प्रदेश सभा बैठक आज बस्दै

अभिलेख फोटो

विराटनगर – माघ ७ गते शुरु भएर दुई पटक स्थगित गरिएको प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज २ बजेको लागि बोलाइएको छ ।

पहिलो पटक माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो ।

दोश्रो पटकको बैठकमा सत्तापक्षका सांसदहरुले उभिएर अवरोध गरेपछि प्रदेश सभा बैठक स्थगित भएको थियो ।

त्यसपछि बैठक आज बस्ने भएको हो । प्रदेश सभाको बैठकका लागि अहिले ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्