विश्व हिन्दू परिषदद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न

विश्व हिन्दू परिषद नेपाल धनुषा जिल्ला कार्य समितिद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार जनकपुरधाम स्थित गायत्री कुञ्ज अतिथि सदनको सभाहलमा आयोजना गरिएको थियो ।
 
नेपाल सरकारको केन्द्रिय तथ्याङ्क विभागको प्रत्येक दश वर्षमा गर्ने राष्ट्रिय जनगणनाको बाह्रौँ शृंखला यही वि.स. २०७८ जेष्ठ २२ देखि असार ८ गते सम्म सञ्चालन हुदैछ । उक्त जनगणनाका लागि तयार पारिएको फारममा धर्म जनाउने बुदाँहरुमा ‘प्रकृति पूजक’ एवं ‘अन्य’ शिर्षक भएको बुदाँ समेत समावेश गरिएको प्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानार्षण भएको कार्यक्रममा वक्ताहरुले बताएका थिए ।
 
‘आउँदो जनगणनामा हिन्दूहरुको संख्या न्युन देखाउने उद्देश्यले पश्चिमा एवं हिन्दू विरोधी तत्वहरुको योजनाबद्ध षडयन्त्र अन्तर्गत जनगणना फारम तयार पारिएको तथ्य प्रष्टै देखिएको छ । यस सन्दर्भमा समय मै सचेत हुन आवश्यक भएको हुनाले विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति धनुषाद्वारा जनगणना सचेतना कार्यक्रम आयोजना गरिएको’ परिषदका एक अधिकारीले बताए । 

कार्यक्रममा प्रमुख अतिथ पुर्व एआईजीपी एवं हिन्दू स्वयंसेवक संघ नेपालका सह–संचालक श्री कल्याण तिमिल्सिना, विश्व हिन्दू परिषद नेपालका ट्रस्टी श्री ओम प्रकाश सर्राफ, राष्ट्रिय सदस्य मनोहर साह, जिल्ला अध्यक्ष संतोष साह लगायत स्थानीय समेत गरी करिब सय जनाको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्