पाटन क्याम्पसमा अध्ययनरत सुदूरपश्चिमका विद्यार्थीहरुद्वारा सम्पर्क मञ्च गठन

८ फागुन, काठमाडौं । पढाइको सिलसिलामा ललितपुरको पाटनढोकामा अवस्थित पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुले सम्पर्क मञ्च गठन गरेका छन् । शनिवार विद्यार्थीहरुले सुदूरपश्चिम पाटन सम्पर्क मञ्च स्थापना गरेको उपाध्यक्ष खेमराज मिश्रले बताए ।

उपेन्द्र बोहराको अध्यक्षतामा गठित मञ्चमा उपाध्यक्षमा खेमराज मिश्र, महिमा राना मगर, रमेश धामी रहेका छन् भने सचिवमा दिपेन्द्र बोहरा र सहसचिवमा नितिन पाण्डे रहेका छन् । यसैगरी कोषाध्यक्षमा मनिषा सञ्जेल र सदस्यमा केशव भण्डारी, आयुष पाण्डे र आकाश धामी, निराजन साउद, प्रभाश शर्मा साथै सल्लाहकारमा रुपा कठायत, भरत योगी र हरि बिसी रहेका छन् ।

विद्यार्थीलाई कुनै पनि समस्या पर्दा सहयोग गर्ने तथा सुदूरपश्चिमेली भाषा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गठित उक्त मञ्चले क्याम्पससँगको सहकार्यमा समय समयमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उपाध्यक्ष मिश्रले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्