दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने कार्य तिहारपछि मात्रै

काठमाडौँ । भूगर्भ विभागले दैलेखमा पेट्रालियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काममा ढिलाइ गरिरहेको छ । विभागले ड्रिल गर्ने मिति तीन पटक सारिसकेको छ ।

गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको विभागले कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको भन्दै फागुनदेखि ड्रिल गर्ने जनाएको थिया । अहिले भने आगामी तिहारपछि मात्र ड्रिल गरिने तयारी रहेको विभागका उपनिर्देशक सुधीर रजौरेले जानकारी दिए ।

लामो समयको बन्दाबन्दीका कारण ड्रिल उपकरण ल्याउन नसकिएको र चिनियाँ अध्ययन टोली नेपाल आउन ढिलाइ हुँदा मिति सारिरहनु परेको छ । ड्रिल गर्ने उपकरण चैतमा ल्याइने भएको छध्र चैत दोस्रो हप्ता चीनको अध्ययन समूह ड्रिल गर्ने उपकरणसहित नेपाल आउने तयारी गरेको उपनिर्देशक रजारेले जानकारी दिए । अध्ययन समूहले ड्रिल गर्ने‚थानको पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्