भारतमा हिमताल फुट्दा धौलीगंगामा ठूलो बाढी, १ सय ५० मजदुर हराइरहेको आशंका

File Photo

दार्चुला – भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ ।
आइतबार चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ ।

हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ । हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको आशङ्का गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर हराइरहेका छन् । विविसीले उल्लेख गरेको छ ।

उत्तराखण्डका मुख्यमंत्री त्रिवेंद्र सिंह रावत घटनास्थल तर्फ जादैछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्