बैतडीमा छोरीको हत्यापछि आफ्नै घरमा लगाए आगो

काठमाडौं – बैतडीको पुर्चौडी नगरपालिका–१०, विजयपुरमा बुबाले छोरी बेलमती महरा (धामी) को गोली हानी हत्या गरेर घरमा आगजनी गरेका छन् ।

शनिबार साँझ ४ बजे छोरीको हत्या गरेर ६५ वर्षीय बुबा धनबहादुर फरार भएको बैतडी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दिउँसो श्रीमतीसँग झगडा भएको विषयमा विवाद हुँदा छोरीमाथि गोली प्रहार भएको थियो । त्यसपछि घरमा आगो लगाएको पाइएको हो । प्रहरीका अनुसार घरमा राखिएको भरुवा बन्दुकबाट छोरीलाई गोली हानिएको भनिएको छ ।

घटनालगत्तै नजिकै रहेको प्रहरी कार्यालयबाट टोली पुगे पनि धनबहादुर जंगलतिर भागिसकेका थिए । अहिले जंगल क्षेत्रमा प्रहरीले सर्च अपरेशन जारी राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्