कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

सांकेतिक तस्बिर

कैलाली – कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।

शनिबार जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाटास्थित कालीका सामुदायिक वन नजिक माटो खन्न गएका पाँच जनामध्ये १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना वडको घनास्थलमै मुत्यु भएको छ भने ३० वर्षीया गंगादेवी जयगडीको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार माटोको ढिस्को परेर घाइते भएका १२ वर्षीय काजल सवाल र अन्जु जगयढीको टिकापुर अस्पतालमै उपचार भइरहेको छ ।

उनीहरूको हातमा चोट लागेको छ । माटो निकाल्ने क्रममा माथिबाट ढिस्को खसेपछि उनीहरू शनिबार १२ बजेतिर पुरिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्