यस्तो रहनेछ आजको मौसम

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको जनाएको छ ।

मंगलबार महाशाखाले मौसम पुर्वानुमान जारी गर्दै हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको र बांकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । यता, प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ । यस्तै, आज राति प्रदेश नं ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । भने, प्रदेश नं १,सुदूरपश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्