वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने प्रधानमन्त्री ओलीको दाबी

FILE PHOTO

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् ।

सोमबार ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बतउनुभयो । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उहाँले भन्नुभयो, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि चुनाव पर सर्दैन ।’

कोही चुनावको तयारी नगर भनेर निर्वाचन आयोग गएको भन्दै उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने हो । निर्वाचन आयोगले गराउनुपर्छ र गराउँछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्