कक्षा १२ रिजल्टमा, सिम्बोल नम्बर र जन्म मिति नमिलेको समस्या

काठमाडाैँ – सोमबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरको कक्षा १२ को रिजल्ट हेर्न यतिबेला विद्यार्थीहरुमा सामाजिक सञ्जालमा झुण्डिएका छन् । कोहि विद्यार्थी सोचे अनुरुपको नतिजा नआएको भन्दै तनावमा परेका छन् भने कोहि रिजल्ट नदेखाएर तनावमा परेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डको गल्तीका कारण यतिबेला बिद्यार्थीहरुमा सास्ती खेप्न बाध्य भएका छन् । प्रवेश पत्रमा रहेको सिम्बोल नम्बर र उल्लेखित जन्ममितिमा रिजल्ट नदेखाउदा विद्यार्थीहरुलाई तनाव भएको हो ।
सहि सिम्बोल नम्बर र जन्म मिति राख्दा समेत जन्ममितिमा त्रुटि भएको सन्देश दिदा विद्यार्थीहरु अलमलमा परेका छन् । यस विषयमा राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरुसँग सामाधानका लागि पहल गर्न हाम्रो टीम लागिपरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्