पीएम कप पुरुष क्रिकेटको फाइनल खेल आज हुँदै

काठमाडौं – चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटको फाइनल खेल आज हुँदैछ । दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् ।

एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ । आर्मी लगातार चौथो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी पछिल्लो दुई संस्करणको फाइनलमा पराजित भएको थियो ।

दोस्रो संस्करणमा एपीएफले आर्मीलाई नै हराएर उपाधि जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्