नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट, भारतभर सुरक्षा व्यवस्था कडा

काठमाडौं – भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठको दिन नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएको छ । शुक्रबार साँझ एपीजे अब्दुल कलाम रोडमा बम विष्फोट भएको हो ।

प्रहरीका अनुसार विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेका छन् ।

बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । भारतका लागि इजरायली राजदूत रोन माल्काले बम विष्फोट गराउनुको उद्देश्य र बम विष्फोट गराउनेको खोजी भारतसँग मिलेर भइरहेको जानकारी दिएका छन् ।

राजधानी नयाँदिल्लीमा बम विष्फोट भएपछि भारतभर सुरक्षा सतर्कता बढाइएको छ । सबै विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयहरुमा सुरक्षा बढाइएको छ ।

सन् २०१२ को फेब्रुअरीमा दिल्लीमा इजरायली कूटनीतिज्ञले प्रयोग गर्ने कारमा बम आक्रमण भएको थियो । सो आक्रमणको दोष इजरायलले इरानमाथि लगाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्