केपी ओलीलाई नेकपाको नाम नलिन माधव नेपालको चेतावनी

FILE PHOTO

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष नरहेको बतउनुभएको छ ।

मंगलबार ताप्लेजुङमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ओलीलाई अध्यक्षबाट हटाइसकेको बताउनुभयो ।

निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको उहाँको तर्क छ । ‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन्’, नेपालले भन्नुभयो । ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिँदै नेपालले थप्नुभयो, ‘यदि, अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।’

निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले उहाँ अध्यक्ष नरहेको नेपालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्