सरकारी बिक्री केन्द्रबाटै बेचिन्छ कुहिएको चामल

हुम्ला-सुर्खेतबाट मुगुको सोरुकोट हुँदै हुम्लाको सर्केगार्ड गाउँपालिका-१ बालुकुना बिक्रि केन्द्रकोा चामल कुहिएको भेटिएको छ ।

हुम्लाको बालुकुना बिक्रि केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल विक्रि भएको पाइएको छ । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्रि केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्रि गरेको जनाइएको छ।

हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदिप टमटाले कुहिएको चामल जनतालाई बिक्रि गर्ने गरेका छन् । सर्केगार्ड गाउँपालिका–१ जैरबाट ४ घण्टा पैदल हिँडेर चामल लिन बालुकुना पुगेका स्थानीय धनगडी बलले गुनासो गरे ।

ठेकेदारले हतारहतार गरी बिक्रि गरी मुुगु जिल्ला फकिएको छ । अधिकाश उपभोक्तले चामल किनेर घर पु¥याइ सकेपछि थाहा पाएका छन् ।

चामल डल्ला र घुन लागेर खान नमिल्ने खाल्को भएपछि गाईभैसीलाई खुवाएको सर्केगार्ड गाउँपालिका–१ का स्थानीय दिलबहादुर कार्कीले बताउनुभयो ।

माथिल्लो भाग हेर्दा चामल राम्रै देखिन्थ्यो बिच र तल्लोमा काम नलाग्ने कुहिएर डल्ला डल्ला परेको रहिछ भने नेपाल टेलिभिजन सँग भने ।

फिर्ता गर्ने धेरै समय लाग्ने भएकोले फिर्ता गर्ने नसकिने भएपछि अधिकांश उपभोक्ताहरुले चामल गाईभैंसीलाई खुवाउन बाध्य भएको कार्कीको भनाइ छ । ठेकेदारले जहाँ पायो त्यही गोदाम बनाएर थन्काएर राखेपछि यस्तो समस्या खेप्नु परेको उपभोक्ताहरुले दुखेसो गर्दै आएका छन् ।

ठेकेदारको लापरबाही

सुर्खेतबाट गाडीमा मुगुको सोरुकोट सम्म गाडीमा र सोरुकोटबाट खच्चर ढुवानी गरी हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को बालुकुना बिक्रि केन्द्रसम्म ३ सय २० क्विन्टल चामल पुर्‍याउने ठेकेदार प्रदिप टमटाले जानकारी दिनुभयो ।

गाडीमा भिजेको हुनसक्ने हिमाल निर्माण सेवा मुगुका प्रदिप टमटाले स्वीकार गरे । “गाडीवालाको लापरबाही हो” उनले नेपाल टेलिभिजनलाई जानकारी दिए ।

कुहिएको आधा चामल जैरको खच्चामा त्रिपालले छोपेर राखेको ठेकेदार टमटाले बताउनभुयो ।

‘२५ बोरा ७ क्विन्टल सर्केगार्ड जैरको खच्चामा छोपेर राखेको छु’- उनले भने ।

ठेकेदार टमटालाई मुगु जिल्लाको सोरुकोटमा १ हजार र मुगु जिल्लाकै कार्मारुम १ हजार र मुगु जिल्लाकै बिक्रि केन्द्रमा ९ सय क्विन्टल चामल पुर्‍याउन हतार गरेको आरोप लागेको छ ।

बिक्रि केन्दबाटै बिक्रि हुन्छ कुहिएको चामल

सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट हुम्लाका उपभोक्त ठगिदै आएका छन् । एक महिना पहिले सर्केगार्ड गाउँपालिकास्थित सर्केगार्ड डिपोबाट १ हजार ३ सय ५० रुपैया पर्ने चामल ठेकेदारले दुई हजार मुल्यमा बिक्रि गरेको थियो ।

सर्केगार्ड डिपो कर्मचारी नभएपछि ठेकेदारले मनपरी रुपमा चामल बिक्रि गरी उपभोक्ताबाट रकम असुल्ने गरेको पाइएको छ ।

१ हजार ३ सय ५० रुपैया पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल २ हजार रुपैया तिरेर आफुले किनेको सर्केगार्ड गाउँपालिका–५ का गगन सिंहले जानकारी दिए ।

८ बोरा चामल १६ हजार रुपैँया तिरेर लिएको सिंहले दुखेसो गरे ।  ठाउँ ठाउँमा बुझ्दा ठेकेदारले बाँकी पैसा फिर्ता दिएको सिंहको भनाइ छ । यसरी नै उपभोक्त खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट ठगिँदै आएका छन् ।

गत वर्ष अदानचुली गाउँपालिकाको श्रीनगर डिपोबाट किनेको चामलको भात खानै नहुने अमिलो भएकोले पैसा मात्रै खेर गएको अदानचुली गाउँपालिका–५ करगाई गाउँका पुनबहादुर छत्यालले दुखेसो गरे ।

गत वर्ष श्रीनगर डिपोबाट चामल किनेर खार्पुनाथ गाउँपालिका–३ रायाँका दीपक बुढाले पाँच क्विन्टल चामल किनेर ल्याएको कुहिएको भेटिएपछि त्यतिकै पैसा मात्रै खेर गरेको उनले बताए । पाँच क्विन्टल चामल कुहिएको परेपछि तनाव मात्रै भएको बताए ।

सिमकोट शाखा कार्यालय के भन्छ ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट कार्यालय गैह्रजिम्मेवार कुरा गर्दै आएको छ । कर्मचारी नहुँदा केही समस्या भएको कार्यालयको स्वीकारोक्ति छ । चामल सम्बन्धित स्थानमा ल्याउँदा ठेकेदारलाई जिम्मा दिएको सिमकोट शाखा कार्यालय हुम्लाका शाखा प्रमुख निर्मल थापाले बतानुभयो ।

“शाखामा दुई जना मात्रै कर्मचारी छौं, डिपोमा कर्मचारी छैना हामीले सबैतिर ध्यान पुर्‍याउन नसकेको शाखा प्रमुख थापाको भनाइ छ । “ठेकेदारले बिक्रि गरेको भए ठेकेदारको जिम्मा हुन्छ सम्बन्धित ठेकेदार जिम्मा लिनुपर्छ”- थापाले बताउनुभयो ।

“खाद्यन्न ठेकेदारले उठाउँदा जिम्मेवार भएर ल्याउनुपर्छ” उनले नेपाल टेलिभिजनसँग भने । गाउँ गाउँबाट उपभोक्ताले शाखा कार्यालय सिमकोट जानकारी दिँदादिदै पनि सिमकोट शाखा मौन भएर बसेको छ । कति उपभोक्तालाई कुहिएको चामल बिक्रि गर्छन् त कतै महँगो रकम ठेकेदारले असुल गर्दै आएका छन् ।

जिल्लास्थित सरोकारवाला निकाय यस विषयमा चिन्ता र चासो नदेखाएपछि हुम्लाका उपभोक्ता ठगिन बाध्य छन् । डिपोहरुमा कर्मचारी नभएपछि ठेकेदारले मनोमानी रुपमा चामल पुर्‍याउन मनपरी रुपमा वितरण गर्ने गरेका छन् ।। NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्