१४ गते देखि कोरोना विरुद्धको खोप लगाइने, वृद्धाश्राम र जेलमा पनि पहिलो चरणमा

काडमाडौं – कोरोना भाइरस विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप १४ गते बुधबार १० बजे लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नुहुनेछ र सात प्रदेश र काठमाडौं उपत्यकाका ६२ वटा अस्पताल भर्चुअल माध्यमबाट जोडिनेछन् । १८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ र अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप अभियान पुरा हुनेछ ।

मन्त्री त्रिपाठीका अनुसार पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलन र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइनेछ । यस्तै वृद्धाश्राममा रहेकाहरु, हेरचाहमा खटिने कर्मचारी तथा जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई पनि पहिलो चरणमा खोप दिइनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्