नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्द : दार्चुलाको नकतडमा मालबाहक मिनीट्रकमा आगजनी

गणेशसिंह धामी, दार्चुला
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले घोषणा गरेको बन्दमा आज एउटा मिनी ट्रकमा आगजनी भएको छ । धनगढी बाट सिमेन्ट लिएर दार्चुलातर्फ गइरहेको मालबाहक ट्रकमा आगजनी गरेको हो । सु.प.प्र ००१ क १५४८ नम्बरको ट्रकमा शनिवार दिउँसो २ः३० बजेतिर शैल्यशिखर नगरपालिकाको वडा नम्बर —९ नक्तड (ठूलशैन) जंगल नजिक ट्रकमा आगजनी भएको हो ।
आगजनीबाट ट्रकको अगाडीको भाग र टायरमा पुर्ण क्षति भएको र भित्र रहेको सिमेन्ट समेत जलेर नस्ट भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । ट्रकमा आगजनी कस्ले गरेको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्