डोटेली भाषाको हाँस्य कथानक चलचित्र ‘ण’ १ को अपार सफलतापछि ‘ण’ २ छायांकनको तयारी

काठमाडाैँ – डोटेली भाषाको हाँस्य कथानक चलचित्र ‘ण’ १ को अपार सफलतापछि ‘ण’ २ पनि छायांकन हुने भएको छ । दर्शकहरुको अपार साथ, सहयोग, सुझाव तथा प्रतिक्रियालाई आत्मसाथ गर्दै चलचित्र ण २ को छायांकन गरिने निर्देशक भानुभक्त जोशीले बताए ।
सौगात ओझाको कथा संवाद तथा भानुभक्त जोशीको निर्देशनमा बन्न लागेको डोटेली चलचित्रमा छायांकन अमित बिकको रहनेछ । उपहार खबरसँगको कुराकानीमा निर्देशक जोशीले ण १ ले सफलता पाएपछि ण २ को छायांकनको तयारी गरिरहेको र हाँस्यव्यंगात्मक शैलीमा चलिचित्र छिट्टै दर्शकमाझ आउने बताएका छन् ।
श्रीराम फिल्मको प्रस्तुतीमा रहने उक्त चलचित्रका लागि अभिनय गर्न इच्छुक अभिनयकर्ताहरुले सम्पर्क गर्न समेत अपिल गरेको छ । चलचित्र यहि माघ १२ गतेदेखि छायांकनको तयारीमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्