कृषि विकास बैंकले विभिन्न पदका लागि माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ ।

बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि विभिन्न पदमा कूल ३२६ जना कर्मचारी मागेको हो । वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ ।

आज गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो । अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ ।

माघ ९ गतेदेखि २९ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्