दैनिक उपभोग्य वस्तुको मुल्य अस्वभाविक रुपमा बढ्यो

पत्रपत्रिकाबाट

काठमाडौं – कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ । तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन् ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ । ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतिलिटरमा १ सय रुपैयाँसम्म बढ्यो ।’

संघका अनुसार तोरीको तेल दुई साताअघि प्रतिलिटर २ सय ४५ मा पाइन्थ्यो। अहिले २ सय ७५ देखि २ सय ८० रुपैयाँसम्म पर्छ। भटमासको तेल प्रतिलिटर १ सय ७५ देखि १ सय ८० रुपैयाँसम्म पथ्र्यो । यसको मूल्य बढेर २ सय २५ रुपैयाँ पुगेको छ। त्यस्तै २ सय १० देखि २ सय २० प्रतिलिटरमा पाइने सनफ्लावरको तेल २ सय ३५ देखि २ सय ४० पर्न थालेको छ। प्रत्येक जातको चामलको भाउ प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म वृद्धि भएको संघले जनाएको छ । प्रतिकिलो १ सय २५ मा पाइने हरियो केराउको मूल्य १ सय ४० र सेतो केराउको मूल्य ८० रुपैयाँबाट १ सय रुपैयाँ पुगेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्