‘सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्छ’ – मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने बताउनुभएको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने बताउनुभएको हो । उहाँले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनका क्रममा सञ्चारकर्मीले गरेको योगदानलाई सम्मान गर्न सरकारको प्रयास भएपनि केही मिडिया र सञ्चारकर्मीले पत्रकार आचारसंहिता विपरित आफ्ना गतिविधि गरिरहेको आरोप लगाउँदै असन्तुष्टि जनाउनुभयो ।

‘केही पत्रकारहरुले बाटो विराएको, आचारसंहिता विपरित हिडेको त होइन ? भनेर प्रश्न उठेको छ’ मन्त्री गुरुङले भन्नुभयो । ‘राजनीतिक संकटका बेला गरिमा र मर्यादालाई घटाउने काम नगर्नुस् । हामी चाहान्छौँ नेपालको संविधान र सार्वभौमिकताको रक्षा गर्ने पत्रकारका रुपमा बुझ्नुपर्नेमा द्वन्द्व बढ्ने किसिमको भूमिका देखिएको त होइन भनेर प्रश्न उठेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्