सर्लाहीमा बस दुर्घटना २ जनाको मृत्यु, चालकसहित १७ जना घाइते

काठमाडौँ – सर्लाहीमा एक यात्रु बाहक वस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
हरिवन नगरपालिका वडा नम्बर ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको हो । एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ ।

दाङबाट झापाको काँकडभित्ताका लागि छुटेको ना ५ ख ४४८८ नम्बरको यात्रुबहाक बस आज बिहान सर्लाहीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ की करिब ३६ वर्षिया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै गम्भीर घाइते रहेकी राप्ती गाउँपालिकाकै २३ वर्षिया निर्मला चौधरीको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित १७ जना घाइते छन् । गम्भीर घाइते भएका पाँच जनालाई वीरगञ्जस्थित अस्पताल र अरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुलेको छैन । बसमा ३० जना यात्रु थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्