भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप दियो

काठमाडौं – भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको जानकारी दिनुभयो ।

बिहीबारदेखि नै अनुदानको खोप आउन थाल्ने मन्त्री त्रिपाठीले बताउनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई खोप दिइने मन्त्री त्रिपाठीले बताउनुभयो ।
अनुदानमा खोप उपलब्ध गराएको भन्दै मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद दिनुभयो ।

‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार नेपालले खोप खरिदको पनि तयारी गरिरहेको छ । त्यसका लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको उहाँले दाबी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्