‘भीटीसीसीपी’का लागि जापानी दुतावास काठमाडौँ र लटिनाथ नमुना मावि चौपाताबीच सम्झौता, बेरोजगारी अन्त्य हुने विश्वास

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ मा रहेको लटिनाथ नमुना मावि चौपाता र जापानी राजदुतावास काठमाडौं बीच व्यावसायिक प्रशिक्षण केन्द्र परियोजना निर्माण (VOCATIONAL TRAINING CENTER CONSTRUCTION PROJECT-VTCCP) का लागि द्विपक्षीय सम्झौता भएको छ ।

बुधबार बिहान श्री लटिनाथ नमुना मा.वि को व्यावसायिक प्रशिक्षण केन्द्र निर्माण परियोजना(VOCATIONAL TRAINING CENTER CONSTRUCTION PROJECT-VTCCP) निर्माणका लागि सम्झौता भएको प्रधानाध्यापक केशवराज बिष्टले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभयो । सो परियोजना निर्माण पश्चात् त्यस क्षेत्रका बेरोजगार युवाहरुलाई उचित तालीम प्रदान गरिने प्राचार्य विष्टले बताउनुभयो । तालिम पश्चात १०० प्रतिशत स्वरोजगारी प्रदान गर्न प्रतिबद्ध रहेको समेत उहाँले जानकारी गराउनुभयो । सो परियोजना लटिनाथ नमुना माविले संचाल गर्नुपाउनु गौरवको विषय भएको प्रधानाध्यापक विष्टको भनाइ छ । साथै जापान सरकार, जापानी जनता र जापानी दूतावासलाई प्रधानाध्यपाक विष्टले धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्