४० हजार घुस सहित नायव सुब्बा पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक जना नावय सुब्बा र लेखापढी व्यवसायीलाई घुस सहित पक्राउ गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठलाई अख्तियारको टोलीले ४० हजार घूससहित पक्राउ गरेको हो ।

सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घूस मागेको उजुरीका आधारमा अख्तियारले पक्राउ गरेको हो ।

श्रेष्ठद्वयलाई घूस रकम लिइसकेको अवस्थामा लगनखेल स्थित बसपार्क नजिकबाट मंगलबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्