मध्यावधि निर्वाचनका लागि प्रहरीले माग्यो साढे १२ अर्ब रुपैयाँ

काठमाडौं – मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रालयमा पेश गरेको छ ।
२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आधारमा नयाँ विवरण तयार पारेर खर्च विवरण पेश गरिएको हो । मन्त्रालयका एक अधिकारीका अुनसार म्यादी प्रहरी भर्नाका लागि साढे ५ अर्ब लाग्ने अनुमान गरिएको छ भने साधारणतर्फ ३ अर्ब र पुँजीगततर्फ ४ अर्ब खर्च हुने प्रहरी प्रधान कार्यालयले अनुमान गरेको छ ।

साधारणतर्फ तलब, भत्ता लगायत राखिएको छ भने पुँजीगततर्फ प्रहरीले सवारीसाधन, सञ्चार सेट लगायतका उपकरण माग गरेको छ । मन्त्रालयका अनुसार प्रहरीले अघिल्लो निर्वाचनका वेला पनि नयाँ गाडी नआएकाले यसपटक कम्तिमा दुई सय बढी पिकअप गाडी चाहिने भनेको छ । सञ्चार सेटसमेत अपर्याप्त रहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्