बैतडीमा १६ वर्षीया किशोरी आफन्तबाटै बलात्कृत, गर्भवती भएपछि घटना बाहिरियो

सांकेतिक तस्विर

बैतडी – बैतडीको सिगास गाउँपालिकामा १६ वर्षीया किशोरी आफन्तबाटै बलात्कारमा परेकी छिन् । काका र हजुरबुबा नाता पर्नेबाट किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउनुभयो । ‘किशोरीको परिवारले दिएको उजुरीको आधारमा दुईजनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी अधिकारीले भन्नुभयो, ‘अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ । ’

उहाँले दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको बताउनुभयो । घटना केही समय अघिको भएको प्रहरीले जनाएको छ । ‘किशोरीको गर्भ रहेको खुलेपछि उनी बलात्कारमा परेको आफन्तले थाहा पाएका हुन्’ अधिकारीले भन्नुभयो । किशोरीको स्वास्थ्य चेक गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्