सुन र चाँदीको मूल्यमा बृद्धि, कतिमा हुदै छ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको हो । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्