शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति

File Photo

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै उहाँले स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरूरी भएको बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भिरता र दृढतापूर्वक काम गर्न निर्वाचन आयोग सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपतिले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम आयोगको भएको बताउनुभयो । त्यसबखत राष्ट्रपतिसमक्ष प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसम्बन्धी नीति एवं कानूनको तर्जुमा, राजनीतिक दल दर्ता, मतदाता नामावली अद्यावधिक लगायत विषयमा जानकारी गराउनुभएको थियो ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेको छ । राष्ट्रपतिसमक्ष आयोगले पेश गरेको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसदमा छलफलका लागि पेश गर्ने संवैधानिक व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्