प्रधानमन्त्री कप क्रिकेटः प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य

lqms]6 d}bfgdf g]kfn cfdL{ / u08sL k|b]z le8b} sf7df8f}F, @ df3 M k|wfgdGqL sk /fli6«o Pslbj;Lo lqms]6 k|ltof]lutf lqlj cGt//fli6«o lqms]6 d}bfgdf z'qmaf/ g]kfn cfdL{ -xl/of] h;L{_ / u08sL k|b]z -kx]nf] h;L{_ /g hf]8b} cfdL{sf v]nf8L . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४, मिनास थापाले २२, शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ तथा दिपेश कँडेलले १० रन बनाए ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवाश भण्डारी र विशाल पौडेलले चार÷चार तथा विपीन खत्रीले दुई विकेट लिए । यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा अहिले समूह ‘बी’अन्तर्गत वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ रोजेपछि वाग्मती ब्याटिङ गर्न पुगेको हो ।

वाग्मतीले ३१ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर १६९ रन बनाएको छ । वाग्मतीका आकाश थापा, पारस खड्का र आदिल खान पवेलियन फर्किएका छन् । थापाले आठ बल खेल्दै तीन चौकाको मद्दतमा १३ तथा खड्काले १९ बलमा तीन चौका हान्दै २० रनको योगदान दिनुभयो । यस्तै खानले अर्घशतकीय पारी खेले ।

उनले ८६ बलमा ६३ रन बनाए । यसक्रममा खानले १० चौका प्रहार गरे । अहिले पृथु बाँस्कोटा र इशान पाण्डेले ब्याटिङ गरिरहेका छन् । बाँस्कोटाले अद्र्धशतक प्रहार गरे । बलिङतर्फ सुदूरपश्चिमका भोजराज भट्टले दुई तथा विनोद लामाले एक विकेट लिएका थिए । ्

वाग्मतीले आइतबार आफ्नो पहिलो खेलमा साविक विजेता पुलिसलाई ७ विकेटले हराएको थिया । गण्डकी र प्रदेश नम्बर भने यसअघि आ–आफ्ना खेलमा पराजित भएका थिए । गण्डकी नेपाली सेनाको त्रिभुवन आर्मीसँग ९८ रनले हारेको थियो भने प्रदेश १ एपीएफसँग १३५ रनले पराजित भएको थियो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्