सोलुखुम्बुमा भएको टिपर दुर्घटनामा ३ जनाको मृत्यु, १ गम्भीर घाइते

अर्जुन राई

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ बरडाँडा र नेचासल्यान गाउँपालिकाको सीमानाको महादेव भीरमा भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आइतबार राती करिब साढे ११ बजे बा ४ ख ७९८० नम्बरको आइचर (टिपर) दुर्घटना हुँदा ज्यान गुमाउनेहरुमा ३३ वर्षीय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ वर्षका रामकुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी छन् । चालक मगरको ठेगाना खुलेको छैन ।
हेटौडाका २३ वर्षीय रमेश मगर गम्भिर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । सो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको स्थानीय दीपेन्द्र पराजुलीले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त आइचर ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ ।
२३.५ मेगावाटको अपर सोलु जलविद्युत् आयोजनमा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन सोलु खोला दूधकोशी जलविद्युत् आयोजनामा लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्