आगामी तीन दिनको मौसम पूर्वानुमान : यि ठाउँमा हुन सक्छ वर्षा !!

FILE Photo

काठमाडाैँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

सोमबार

दिउँसोः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

मंगलबार

दिउँसोः प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार

दिउँसोः प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्