काठमाडौँ सहित तराई केहि जिल्लामा बाक्लो कुहिरो, आन्तरिक उडान प्रभावित

काठमाडौं – काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लाग्दा भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो पनि महसुस भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ । काठमाडौं उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागेको छ ।

काठमाडौंमा यस्तो अवस्था आज दिउँसो पनि कायम रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौंको भिजिबिलिटी अपराह्न २–३ बजेपछि मात्रै केही सुधार हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्