नेकपा पार्टी फुटेकाे छैन : प्रदेश कमिटी अध्यक्ष थापा

देबराज पाध्याय, बाजुुरा
नेपाल कम्युनिष्ट पाटीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पुर्व उद्योगमन्त्री कर्णबहादुर थापाले पाटी नफुटेको बताएका छन् ।
आइतबार नेकपा ओली पक्षले मार्तडीमा आयोजना गरेको विशाल सभालाई सम्बोधन गर्दे अध्यक्ष थापाले पाटी फुटेको नभई पाटी फुटाउन कोसिस भएको हुन सक्ने आशंक व्यक्त गरेका छन् ।
बाजुरामा पाटीको स्थापना कालदेखि आफु रहेकाले कसैले फुटाउन नसक्ने दाबी गरेका छन् । पछिल्लो युवा पु्स्ताले पाटीका विषयमा गाउँमा जनतालाई बुझाउन सक्ने गरी पाटी नफुटेको सन्देश दिन सक्ने अध्यक्ष थापाले बताए ।
उनले माधव प्रचण्ड पक्षमा रहेका नेकपाका नेता भीम रावलबाट राजनितिक सम्भव नभएको बताएका छन् । रावल चाकडी गर्ने र सामन्त भएको अध्यक्ष थापाले आरोप लगाएका छन् ।
रावल पाटी एकता भन्दा आफ्नो पद र प्रतिष्ठाका लागि लाग्ने व्यक्ति भएकाले त्यस पक्षमा नलाग्न कार्यकर्तालाई अध्यक्ष तथा पुर्व उद्योगमन्त्री थापाले आग्रह गरेका छन् ।
अध्यक्ष थापाले प्रधानमन्त्री ओली स्थायीत्व सरकारले भएकाले जनतालाई समृद्ध दिने गरी काम गर्दै आएको बताए ।
ओलीले गरेका रेल देखि अन्य विकासका काम स्वीकार गर्न नसक्दा माधव प्रचण्ड आफै हराएर गएको उनले भने ।
देशमा समृद्धी ल्याउनका लागि आगमी निर्वाचनमा समेत बहुमत ल्याएर जनताको हितमा हुने गरी काम गर्न नेकपा तयार रहेको अध्यक्ष थापाको दाबी छ ।
नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा संचालन भएको विशाल सभाको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी सुदुरपश्चिम प्रदेश अध्यक्ष कणर्बहादुर थापा विशिष्ट अतिथिमा केन्द्रीय सदस्य लालबहादुर थापा लगायत केन्द्रीय सदस्य तथा जिल्ला तहका नेता विभिन्न भातृ संगठनका प्रमुख हरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्