१ किलो अफिम सहित २ जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कुलेश्वर स्थित एउटा होटलबाट प्रहरीले अफिम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका घर भएका तिर्थबहादुर गोले र भोजपुर टेक्केमैयुमका प्रकाश सुयल छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुमध्ये तिर्थ बहादुरको साथबाट १ किलो १ सय ग्राम अफिम बरामद छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्