विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र लाई प्रधानमन्त्रीका सल्लाहकार रिमालको चेतावनी, भने – ‘सीमामा बस्नुहोस्’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न चेतावनी दिनु भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा मिश्रले गरेको ट्वीटमा कमेन्ट गर्दै रिमालले धम्कीपूर्ण भाषा प्रयोग गर्नुभएको हो ।

शनिबार साँझ मिश्रले समसामयिक राजनीतिक घटनाक्रमबारे ट्वीट गर्नुभएको थियो । उहाँले लेख्नुभएको थियो, कस्तो समय आयो! पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्रीरराष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध ¥याली आह्वान गर्दा हजारौं सरिक हुने । अब अति भो !

मिश्रको यो ट्विटमा कमेन्ट गर्दै प्रधानमन्त्रीका सल्लाहकार रिमालले लेख्नुभएको छ, सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यतिचाहिँ भनूँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।

त्यसको जवाफमा रवीन्द्र मिश्रले लेखेका छन्, प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्‍याउँदा ुसीमामा बस्नुस्ु भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझाव मात्र।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्