वागमती सफाइ महाअभियान शनिबारदेखि ४००औं हप्तामा प्रवेश

काठमाडौं – वागमती सफाइ महाअभियान शनिबारदेखि ४००औं हप्तामा प्रवेश गरेको छ ।

फोहोरलाई स्रोतबाट नै व्यवस्थापन गर्नुपर्नेमा जोड दिंदै निरन्तर रुपमा प्रत्येक हप्ता वागमती नदीमा फालिएको फोहोर सरसफाई गर्ने गरिएको छ । वि.सं २०७० जेठ ५ गते तत्कालिन मुख्य सचिव लीलामणि पौडेलको अग्रसरतामा सो अभियान शुरुआत भएको थियो ।

चारसय हप्ता पूरा भएको अवसरमा आयोजित कार्यक्रममा पूर्व मुख्य सचिव लिलामणि पौडेल, कलाकार मनिषा कोइराला, आनी छोयुङ डोल्मा लगायत सहभागि हुनुहुन्थ्यो । अभियान शुरु भएदेखि आज सम्म प्रत्येक हप्ताको शनिबार बिहान ०७ बजेदेखि ९ बजेसम्म ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले नदी सरसफाई गर्दै आएका छन् । यसै बीचमा चिसो, गर्मी, भूकम्पको त्रास, कोरोना महामारी, चाडपर्व जस्ता दिन पनि महाअभियान रोकिएको छैन ।

सफाइबाट हालसम्म २० हजार मेट्रिक टन फोहर नदीबाट निकाली व्यवस्थापन गरिएको छ । काठमाडौँ महानगरपालिका लगायत स्थानीय तहले फोहर व्यवस्थापन गर्ने गरेका छन् । सफाइ महाअभियानमा १० लाख स्वयंसेवीले काम गरेका छन् ।

वागमती सफाइ महाअभियानको उत्प्रेरणाले उपत्यकामा रुद्रमती, विष्णुमती, इक्षुमती, मनोहरा, हनुमन्ते, कोड्कु, गोदावरी, बल्खुखोला, गुह्येश्वरी माथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागलगायत स्थानमा सफाइ अभियान चलेको छ । नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्