हेलम्बु नमुना गाउँपालिका बन्दै, ३ वर्षमा भएका मुख्य कामहरु काम यस्ता छन् (भिडियो सहित)

सिन्धुपाल्चोक – देशभरीका ७५३ स्थानीय तहमध्ये सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सधैँमा चर्चामा रहने गरेको छ । स्थानीय सरकार गठन भएको ३ वर्षको अवधिमा हेलम्बु गाउँपालिकाले स्थानीयको मन जित्दै आएको छ । त्यसो त हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बिहान देखि बेलुका सम्म जनताको गुनासो सुन्नमै व्यस्त देखिनु हुन्छ । उहाँले अबको केहि वर्षमा हेलम्बुलाई नमुना गाउँपालिका र धनि जनता बनाउने बताउनुभएको छ । उहाँले ३ वर्षको अवधिमा गरेका कामहरुको समेत समिक्षा गर्नुभएको छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत उहाँले नमुना योजनाहरु बनाउनु भएको छ । स्थानीय सरकार नै जनताको नजिकको सरकार भएको कारण जनताको सम्पूर्ण समस्याहरुलाई स्थानीय सरकारले सुन्नुपर्ने र सम्बोधन गर्नुपर्ने अध्यक्ष शेर्पाको धारणा छ । यस्तै विभिन्न जिज्ञासामा गरिएको कुराकानीको अंश – भिडियो हेर्नुहोस् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्